डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी

काठमाडाैं | असार ३१, २०७९

डोका र नाङ्लो बिक्रीबाट मनग्ये आम्दानी


कालिकोट:     नरहरिनाथ गाउँपालिका–४ रुप्सा गाउँका कन्न दर्जी निगालाको डोका र नाङ्ला बेचेर मासिक रु २५ हजार आम्दानी गर्नुभएको छ । जङ्गलमा पाइने निगालाबाट उहाँले निगालाको डोका र नाङ्ला बुनेर बजारमा बक्रिवितरण गर्दै आउनुभएको छ । 

    

उहाँले गाउँमा आफूले बुनेका वा अरुले बुनेका डोका, नाङ्ला खरिद गरेर सदरमुकाम मान्म बजार, छिमेकी जिल्ला अछाम र दैलेखसम्म बिक्रीका लागि जाने गरेको बताउनुभयो ।  “ जङ्गलमा त्यतिकै खेर गएको निगालाको चोयाबाट डोका र नाङ्लो बेचेर राम्रो कमाइ गरेको छु ।  नाङ्लो मात्र रु पाँचसयदेखि छ सयसम्म बिक्री गर्ने गरेको छु ।” उहाँले भन्नुभयो, “गाउँघरमा यसको माग पनि निकै छ ।”

    

भारी बोक्न मिल्ने डोका रु एक हजार दुई सयदेखि एक हजार पाँच सयसम्म घाँस दाउरा गर्ने डोका रु आठ सयदेखि नौ सय मूल्यमा बिक्री हुने गरेको उहाँको भनाइ रहेको छ । “पहिलो आफन्तलाई डोका र नाङ्लो नासोको रुपमा दिने गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले त्यसलाई मैले बजारीकरण गरेर व्यापारका रुपमा विकास गरेको छु ।”

    

स्थानीय वस्तुभाउ बिक्री वितरण गर्नका लागि हाट बजार लाग्ने व्यवस्था भएको भए आफूलाई बिक्री वितरणमा सजिलो हुने उहाँको भनाइ छ । “स्थानीयस्तरमा उत्पादन भएको वस्तुभाउ बिक्री गर्नका लागि यहाँ कृषि हाट बजार लाग्दैन ।” उहाँले भन्नुभयो, “पिठ्युमा बोकेर गाउँगाउँमा डुलेर बिक्री गर्ने गरेको छु ।”

  

 स्थानीयस्तरमा उत्पादन हुने वस्तु डोका, नाङ्लो तथा अन्य वस्तुलाई स्थानीय सरकारले उत्पादन गर्न बिक्री गर्नका लागि सहजीकरण गर्न आवश्यक रहेको उहाँको माग छ  ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्